Isaiah 45:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई गुप्त र अँध्यारो ठाउँहरूबाट धन-सम्पत्ति दिलाउनेछु, तब तैँले थाहा पाउनेछस् कि म नै परमप्रभु हुँ र इस्राएलका परमेश्वरले तँलाई नामद्वारा बोलाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्वर हुँ; मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेका धन दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बचाउनेछ। म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। म यसो गर्ने छु ताकि तिमीहरूले म परमप्रभु भनेर जान्नेछौ। म इस्राएलको परमेश्वर हुँ, अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु।