Isaiah 45:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु हुँ र अर्को कुनै परमेश्वर छैन भनी संसारको वल्लो छेउदेखि पल्लो छेउसम्मका हरेक मानिसले जानोस् भनेर म यो काम गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र मबाहेक अरू कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि सूर्योदयदेखि सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म नै याहवेह हुँ, र मबाहेक अरू कोही छैन।
Nepali ERV (पवित्र बाइबल)
यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले म नै परमेश्वर हुँ भनेर जानुन्। पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।