Isaiah 45:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म उज्‍यालो र अँध्‍यारो दुवै बनाउँदछु, मैले नै आशिष् र विपत्ति दुवै ल्‍याउँदछु। म परमप्रभुले यी सबै कुरा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले उज्‍यालो बनाएँ, र अँध्‍यारोलाई सृष्‍टि गरें। म उन्‍नति ल्‍याउँछु, र संहार सृष्‍टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म ज्योति र अन्धकार सृष्‍टि गर्दछु; म सुख-शान्ति ल्याउँछु, र विपत्ति सृष्‍टि गर्छु; यी सबै कुराहरू गर्ने म याहवेह नै हुँ।
Nepali ERV (पवित्र बाइबल)
मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।