Isaiah 46:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका परमेश्वर हुँ, तिमीहरू बुढो भएर केश पाक्दा पनि म तिमीहरूको हेरचाह गर्नेछु। मैले तिमीहरूलाई बनाएँ र तिमीहरूको हेरचाह गर्नेछु, म तिमीहरूलाई मद्दत गर्नेछु र छुटकारा दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ; म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ। मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु; म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू जन्मियौ मैले बोकेर ल्याएँ अनि जब तिमीहरू वृद्ध हुनेछौ म बोकी नै रहनेछु। तिमीहरूका कपालहरू सेतै पाकी सक्नेछ, त्यति बेला पनि म तिमीहरूलाई बोकी नै रहने छु, किनभने मैले तिमीहरूलाई बनाएको हुँ। म लगातार तिनीहरूलाई बोकी रहनेछु अनि म तिमीहरूलाई बचाउनेछु।