Isaiah 47:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “ए बेबिलोनिया, तेरो सिंहासनबाट ओर्लिआइज र जमिनमा धुलोमाथि बस्। एक समय तँ कन्‍या-केटीजस्‍तै थिइस्, तर तँ अब कोमल र सुकुमारी छैनस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे बेबिलोनकी कन्‍ये-छोरी, तल जा, धूलोमा बस्‌। हे बेबिलोनीहरूकी छोरी, सिंहासनविनै भूइँमा बस्‌। अब उप्रान्‍त तँ कोमल र सुकुमारी भनिनेछैनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे बेबिलोनकी कन्ये छोरी, तल गएर धुलोमा बस्; बेबिलोनीहरूकी छोरी, सिंहासनविना नै भुइँमा बस्। अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्।
Nepali ERV (पवित्र बाइबल)
“हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस। कल्दीहरूकी कन्ये छोरी, भूईंमा बस। तिमी अहिले शासक होइनौ। मानिसहरू सोच्ने छैनन्, कि तिमी एकजना सुन्दरी, कोमल, सुकुमारी हौ।