Isaiah 47:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँमाथि डरलाग्दो विपत्ति आइपर्नेछ र तेरो टुना-मुनाले त्यो रोक्न सक्नेछैन। अचानक विनाश तँमाथि आइपर्नेछ, तैँले सपनामा नचिताएको विनाश आइपर्नेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विपत्ति तँमाथि आइपर्नेछ, त्यो तैंले कुन जादूले हटाउने। हानि-नोक्सानी तँमाथि आइलाग्नेछ, जसलाई तैंले मोल तिरे तापनि टार्न सक्दिँनस्। तैंले पहिलेबाट थाहा नपाएको सर्वनाश अचानक तँमाथि आइपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विपत्ति तँमाथि आइपर्नेछ; त्यसलाई तैँले हटाउन जान्नेछैनस्। प्रकोप तँमाथि आउनेछ, जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्; तैँले पहिलेबाटै देख्न नसकेको प्रलय तँमाथि अचानक आइपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“तर कष्टहरू तिमीमाथि आइलाग्नेछ। तिमी जान्दैनौ यो कहिले घट्ने छ? तर विपत्ति आइरहेछ। तिमी ती कष्टहरूलाई रोक्न केही पनि गर्न सक्नेछैनौ। तर तिमी जान्दैनौ कि के भयो भनेर तिमी चाँडै ध्वंश हुनेछौ।