Isaiah 47:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले पाएका सबै सल्‍लाहहरूले तँलाई थकाएको छ। तारा हेर्ने र तिनका ठाउँ खुट्ट्याउने र महिना-महिना के-कस्‍तो हुन्‍छ भनी बताउने तेरा ती ज्‍योतिषीहरू अघि आएर तँलाई बचाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले सुनेका सबै सल्‍लाहहरूले तँलाई खिन्‍न मात्र पारेको छ! तेरा ज्योतिषीहरू अगि आऊन्; ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्, तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीसँग धेरैजना सल्लाहकारहरू छन्, के तिमी तिनीहरूका सल्लाहरूबाट थकित भयौ? तब तिम्रा ज्योतिषीहरू पठाऊ ताकि ताराहरू पढुन्। तिनीहरूले तिमीलाई महीना कहिले शुरू हुन्छ बताउन सकुन्। यसकारण हुन सक्छ तिनीहरूले तिमीलाई कष्टहरू कहिले आउन सक्छ भनेर बताउन सकुन्।