Isaiah 47:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले आफ्ना जीवनभरि हेराएका ज्योतिषीहरूले तँलाई त्यति नै मात्र भलाइ गर्न सक्नेछन्। तँलाई छोडेर तिनीहरू आफ्नै बाटो लाग्नेछन् र तँलाई बचाउन कोही पनि रहनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तेरो निम्ति त्यति मात्र गर्न सक्नेछन्— यी जोसँग तैंले परिश्रम गरेकी थिइस्, र बालककालदेखि व्यापार गर्दैआएकी थिइस्। तिनीहरू हरेक आफ्नै भूलतिर लाग्छन्। तँलाई कसैले बचाउन सक्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो— तिनीहरू जोसित तैँले परिश्रम गरिस् र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्। तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्; तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ। जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाडनेछन्। प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन् अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”