Isaiah 47:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरा प्रजासित रिसाएको थिएँ, मैले तिनीहरूलाई आफ्‍ना निज प्रजाजस्‍तो व्‍यवहार गरिनँ, मैले तिनीहरूलाई तेरा हातमा दिएँ। तर तैँले तिनीहरूमाथि केही दया देखाइनस्, बुढापाकाहरूसित पनि तैँले कठोर व्‍यवहार गरिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो प्रजादेखि रिसाएको थिएँ र मैले मेरो निज भागलाई अपवित्र गरें। मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैंले तिनीहरूलाई दया देखाइनस्‌। बुढापाकाहरूलाई पनि तैंले आफ्‍नो साह्रै गह्रौँ जुवा बोकाइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्ना मानिसहरूसित रिसाएको थिएँ, र मैले आफ्नो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ; मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैँले तिनीहरूलाई दया देखाइनस्; वृद्धहरूमाथि पनि तैँले गह्रौँ जुवा लादिदिइस्।
Nepali ERV (पवित्र बाइबल)
“म मेरो मानिसहरूसित क्रोधित थिएँ, ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ, यसकारण मैले तिनीहरूलाई प्रमुख बनाइँन। मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियौ। तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ। तिमीले बूढा-पाकहरूलाई पनि कठिन काम गर्न लगायौ।