Isaiah 47:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए! तँ सुख-विलास मन पराउने, यो कुरा सुन्। म कुशल र सुरक्षित छु, परमेश्वर जतिकै महान् छु र मजस्तो अरू कोही छैन भनी तैँले ठानेकी थिई। म कहिल्यै विधवा हुनेछैनँ अथवा मेरा छोरा-छोरीहरूको बिजोग देख्नुपर्नेछैन भनी तैँले सोचेको थिइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण ‘हे विलासी, आफ्नो सुरक्षामा वेपरवाहसित बस्ने, हृदयमा ‘म नै हुँ र मबाहेक अरू कोही छैन, म कहिल्यै विधवा हुनेछैनँ, अथवा छोराछोरीहरूको वियोग जान्नेछैनँ’ भन्ने अब यो कुरा ध्यानसित सुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आफ्नो सुरक्षामा आराम गरिरहने र आफूलाई, ‘म नै हुँ, मबाहेक अरू कोही पनि छैन। म कहिल्यै विधवा हुनेछैनँ, न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्ने हे विलासी, अब सुन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन! तिमी सुरक्षित अनुभव गर र आफैलाई भन, ‘म मात्र प्रमुख मानिस हुँ। म जस्तो प्रमुख अन्य कोही पनि छैन्। म कहिल्यै पनि विधवा हुने छैन्। मसँग सँधै नानीहरू हुनेछन्।’