Isaiah 48:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएलका मानिसहरू हो, यो सुन। तिमी, यहूदाका सन्तानले यो सुन। तिमीहरूका परमप्रभुको नाममा किरिया खान्छौ, र इस्राएलका परमेश्वरलाई पुज्छौ भनी भन्छौ, तर तिमीहरूले साँचो र ठीकसँग यी गर्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे याकूबका घराना हो, तिमीहरू, जो इस्राएल नाउँले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका हौ, यी कुरा सुन। तिमीहरू, जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलका परमेश्वरको नाउँमा पुकारा गर्छौ, तर सत्यता र धार्मिकतामा होइन—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याकोबको घराना, यो कुरा सुन, तिमीहरू, जो इस्राएलको नामले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका छौ, तिमीहरू, जसले याहवेहको नाममा शपथ खान्छौ र इस्राएलका परमेश्वरलाई पुकार्छौ; तर सत्यता र धार्मिकतामा होइन;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैले आफूलाई इस्राएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।”