Isaiah 48:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू सबै भेला होओ र सुन! मैले चुनेका मानिसले बेबिलोनमाथि आक्रमण गर्छ भनी कसैले अघिबाट भन्न सकेन, म जे चाहन्छु, त्यो त्यसले गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू सबै जम्मा भएर सुन। देवताहरूमध्ये कसले यी कुरा अघिबाटै बतायो? परमप्रभुको चुनेको मित्रले बेबिलोनको विरुद्धमा उहाँको अभिप्राय पूरा गर्नेछ, र उहाँको बाहुबल बेबिलोनीहरूका विरुद्धमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू सबै एकसाथ आएर सुन: कुन मूर्तिले यी कुराहरू पहिलेबाटै भनिदिएको छ? याहवेहको चुनिएको सहयोगीले बेबिलोनको विरुद्ध उहाँको उद्देश्य पूरा गर्नेछ; त्यसको बाहुली बेबिलोनीहरूको विरुद्ध हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अहँ।” त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।