Isaiah 48:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमप्रभुले आफ्ना प्रजालाई तातो र सुख्खा मरुभूमिबाट पार गराउनुभयो, तब तिनीहरूलाई तिर्खाको पीर पर्दैन। उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टान फुटाउनुभयो र त्यहाँबाट पानी बगी निस्क्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई मरुभूमिबाट भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्। उहाँले तिनीहरूका निम्ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टानलाई दुई भाग पार्नुभयो, र पानी बगेर निस्क्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्; तिनीहरूको निम्ति उहाँले चट्टानबाट पानी निकाल्नुभयो; उहाँले चट्टानलाई फोर्नुभयो र पानी जोडसित फुटेर निस्क्यो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मरूभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो, अनि तिनीहरू कहिल्यै तिर्खाएनन्। किन? किनभने आफ्ना मानिसहरूका निम्ति चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो। उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।”