Isaiah 48:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म भन्‍दछु कि तिमीहरू ढिट हुनेछौ, फलामझैँ कडा र काँसाझैँ नदोब्रिने हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने म जान्‍दथें, कि तिमीहरू कस्‍ता अटेरी थियौ, र तिमीहरूका गर्दनका नसाहरूचाहिँ फलामका जस्‍तै थिए, तिमीहरूको निधार काँसाको जस्‍तो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तँ कति हठी छस् भन्‍ने मलाई थाहा थियो; तेरो गर्दन फलामको जस्तो, र तेरो निधार काँसाको जस्तो थियो।
Nepali ERV (पवित्र बाइबल)
मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदम अटेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।