Isaiah 48:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले कुन घटना कहिले हुनेछ भनी ती घटना हुनुअघि नै बताइदिएर मैले तिमीहरूको भविष्यबाट धेरै दिनअघि भनिदिएको थिएँ। हाम्रा देवता र मूर्तिहरूले ती गराएका हुन् भनी तिमीहरूले दाबी गर्न नसक भनेर मैले त्यसो गरेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मैले यी कुरा तँलाई उहिले नै बताइदिएँ। यी हुन आउन अघि नै मैले यी तँलाई भनिदिएँ, ताकि तैंले यसो भन्न नपाओस्, ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, मेरो काठको प्रतिमा र धातुको देवताले यी निर्दिष्ट गरेका हुन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ; ती हुनुभन्दा पहिले नै मैले तँलाई सूचित गरेँ, ताकि तैँले ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, र मेरा काठका मूर्तिहरूले यी गरेका हुन्’ भनी भन्न नपाओस्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ। मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिनीहरूको बारेमा भनेको थिएँ। मैले यो गरें ताकि तिमीले भन्नु नपरोस, ‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’ मैले यस्तो गरें भनी तिमीले भन्नु नपरोस, ‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन भन्ने कुरा बतायो।”‘