Isaiah 48:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले कहिल्‍यै नघटेका घटनाहरू अब मात्र मैले तिमीहरूलाई देखाउन लागेको छु। नत्रता, हामीले यी सबै जानेकै थियौं भनी तिमीहरूले दाबी गर्नेथियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती अहिले सृष्‍टि गरिएका हुन्, आजभन्‍दा अघि तैंले तिनका विषयमा सुनेको थिइनस्‌। यसैले तैंले भन्‍न सक्दैनस्, ‘हो, मैले ती जानेको थिएँ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती धेरै अगि होइन, अहिले सृजिएका हुन्; तैँले यी विषयमा आजभन्दा पहिले सुनेको छैनस्। यसकारण तैँले, ‘हो, मैले तिनीहरूको विषयमा जानेको थिएँ’ भन्‍न सक्दैनस्।
Nepali ERV (पवित्र बाइबल)
“यी कुराहरू ती होइनन् जो अघिनै घटिसकेका थिए। यी ती कुराहरू हुन जुन अहिले भइरहेकाछन्। आज भन्दा पहिले तिमीले ती कुराहरू जानेको थिएनौ यसैकारण तिमीले भन्न सक्तैनौ, ‘हामीले पहिल्यै जानेका थियौं भनेर।’