Isaiah 49:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू कहिल्यै भोका र प्यासा हुनेछैनन्। घाम र मरुभूमिको चौपट्टै गर्मीले तिनीहरूको केही हानि गर्नेछैन किनभने तिनीहरूलाई माया गर्नुहुनेले तिनीहरूलाई डोर्याउनुहुनेछ। उहाँले तिनीहरूलाई पानीका फोहोरामा डोर्याई लैजानुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू न त भोकाउनेछन् न तिर्खाउनेछन्, न मरुभूमि वा सूर्यको रापले तिनीहरूलाई पोल्नेछ, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोर्याउनुहुनेछ र पानीको धारानेर तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्, न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ। तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्याउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।