Isaiah 49:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभुले यस्‍तो उत्तर दिनुहुन्‍छ: “के आमाले आफ्‍नो दूधेबालकलाई भुल्‍न सक्‍छे? र आफूले जन्‍माएका बालकलाई माया गर्न छोड्छे? तर आमाले आफ्‍नो बालकलाई भुले पनि म तिमीहरूलाई कहिल्‍यै भुल्‍नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्‍छे र? आफूले जन्‍माएको बालकलाई के त्‍यसले टिठ्याउँदिनँ र? त्‍यसले बिर्सन पनि सक्‍छे, तर म त तँलाई बिर्सन सक्‍दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे, र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र? त्यसले भुल्न पनि सक्छे, तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!
Nepali ERV (पवित्र बाइबल)
तर म भन्छु, “के एउटी स्त्रीले आफ्नो नानी बिर्सिन सक्छे? अहँ! के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नो नानीलाई बिर्सिन सक्छे? यदि उसले बिर्सन सक्छे भने पनि म तिमीलाई बिर्सिने छैन।