Isaiah 49:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चारैतिर आँखा उचाल् र के भइरहेको छ, हेर्‌! तेरा मानिसहरू जम्‍मा हुँदै छन्, तिनीहरू घर आउँदै छन्! म जीवित परमेश्‍वर छु भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु र तैँले आफ्‍ना मानिसहरूमा गर्व गर्नेछस्, दुलहीले आफ्‍ना गहनामा गर्व गरेझैँ तैँले तिनीहरूमा गर्व गर्नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा आँखा उचालेर चारैतिर हेर्‌। तेरा छोराहरू सबै जम्‍मा भएर तँकहाँ आउँछन्‌। परमप्रभु घोषणा गर्नुहुन्‍छ, “जस्‍तो म जीवित छु, तँ गहनाले सिँगारिएझैँ यी सबले सिँगारिनेछस्, र दुलहीले झैँ तैंले यी सबै लगाउनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा आँखाहरू उचालेर चारैतिर हेर्; तेरा सबै छोराहरू भेला भएर तँकहाँ आउँछन्। म जीवित भएझैँ,” याहवेह घोषणा गर्नुहुन्छ, “तँ गहनाले सिङ्गारिएझैँ यी सबैले सिङ्गारिनेछस्; अनि दुलहीले झैँ तैँले यी सबै लगाउनेछस्।
Nepali ERV (पवित्र बाइबल)
माथि हेर, तिम्रा चारैतिर हेर तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइरहेछ। परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्। तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्।