Isaiah 49:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तेरो देश नष्ट भएर उजाड भएको थियो, तर अब त्यो त्यहाँ बसोबास गर्न आउनेहरूको निम्ति सानो नै हुनेछ तर जसले तँलाई नष्ट पारेर छोडे, तिनीहरू तँबाट धेरै टाढा हटिजानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यद्यपि तँ पतित र नष्ट भइस् र तेरो देश रूखो पारियो, तापनि अब तेरा मानिसहरूका लागि तँ साह्रै सानो हुनेछस्, र तँलाई निल्नेहरूचाहिँ धेरै टाढ़ा हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यद्यपि तँ नष्ट र उजाड पारिएको थिइस् र तेरो देश रुखो पारिएको थियो; अब तँ आफ्ना मानिसहरूका निम्ति अति सानो हुनेछस्, र तँलाई निलिहाल्नेहरू टाढै हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ। तिमीहरूका ठाउँहरू काम नलाग्ने भएकाछन्। तर केही छिनमा नै, तिमीहरू आफ्ना ठाउँमा धेरै मानिसहरू हुनेछन् अनि मानिसहरू जसले तिमीहरूलाई नाश गरे तिनीहरू एकदम टाढा हुनेछन्।