Isaiah 49:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मेरा वचन तरवारझैँ धारिला बनाउनुभयो, उहाँले मेरो रक्षा आफ्‍नै हातले गर्नुभयो। उहाँले प्रहार गर्न तयार पारेको अति तीखो काँडझैँ मलाई बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मेरो मुख लाग्‍ने तरवारजस्‍तै बनाउनुभयो। उहाँले मलाई आफ्‍नो हातको छहारीमुनि लुकाउनुभयो। उहाँले मलाई चिल्‍लो र टल्‍कने काँड़ बनाउनुभयो, र मलाई आफ्‍नो ठोक्रोमा लुकाइराख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो; उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो; उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो, र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ। उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ। उहाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ। परमप्रभुले मलाई तिखो काँड झैं उपयोग गर्नुहुन्छ, तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।