Isaiah 49:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तैँले आफ्ना मनमा भन्नेछस्, “कसले मेरो लागि यी सबै सन्तान जन्मायो? मैले मेरा छोरा-छोरीहरू गुमाएँ र अरू जन्माउन सकिनँ। म विदेशमा कैदी बनाइएर धपाइएँ, कसले यी छोरा-छोरीहरूलाई हुर्कायो? म त एक्लै थिएँ, यी छोरा-छोरीहरू कताबाट आए’?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तैंले तेरो मनमा भन्नेछस्, ‘यिनीहरूलाई मेरो लागि कसले जन्माए? म बिछोड़मा परेकी, बाँझी, निर्वासित भएकी र त्यागिएकी थिएँ। यिनीहरूलाई मेरो निम्ति कसले पालनपोषण गर्यो? म त एकलै छोड़िएकी थिएँ। तर यिनीहरूचाहिँ कताबाट आए’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तैँले आफ्ना हृदयमा भन्नेछस्, ‘कसले मेरा निम्ति यिनीहरूलाई जन्माए? म त शोकित र बाँझी थिएँ; म देशबाट निकालिएकी र त्यागिएकी थिएँ। यिनीहरूलाई कसले हुर्काए? म एकलै छोडिएकी थिएँ, तर यिनीहरू कहाँबाट आए?’ ”
Nepali ERV (पवित्र बाइबल)
तब तिमीहरू स्वयंले भन्नेछौ, “कसले मलाई यी सारा नानीहरू दिए? यो राम्रो हो। म दुखी र एक्लै थिएँ। म पराजित भएको थिएँ र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ। यसकारण कसले मलाई यी नानीहरू दिए? हेर, म एक्लै छाडिएको थिएँ। यी सारा नानीहरू कहाँबाट आए?”