Isaiah 49:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु आफ्‍ना प्रजालाई भन्‍नुहुन्‍छ: “म जाति-जातिलाई इशारा गर्नेछु र तिनीहरूले तेरा छोरा-छोरीहरूलाई बोकेर ल्‍याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “हेर, म अन्‍यजातिहरूलाई हातको इशाराले बोलाउनेछु र मेरो झन्‍डा जाति-जातिहरूका सामुन्‍ने खड़ा गर्नेछु। तिनीहरूले तेरा छोराहरूलाई आफ्‍ना हातमा बोकेर ल्‍याइदिनेछन्, र तेरा छोरीहरूचाहिँ तिनीहरूका काँधमा बोकेर ल्‍याउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म गैरयहूदीहरूतिर इशारा गर्छु; म जातिहरूतिर आफ्नो झण्डा उचाल्नेछु; तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा ल्याउनेछन्, र तेरा छोरीहरूलाई आफ्ना काँधमा बोक्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “हेर म आफ्ना हात जातिहरू प्रति हल्लाउने छु। म मेरो झण्डा सारा मानिसहरूले देख्ने गरी उठाउनेछु। त्यसपछी तिनीहरूका नानीहरू तिमीहरूकहाँ ल्याउनेछन्। ती मानिसहरूले तिमीहरूका नानीहरू काँधमा बोकेर ल्याउने छन्, अनि तिनीहरूका पाखुराहरूमा उनीहरूले समात्नेछन्।