Isaiah 49:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु जवाफ दिनुहुन्‍छ, “ठीक त्‍यस्‍तै हुनेछ; सिपाहीका कैदीहरू छुटाइनेछन्, अत्‍याचारीका लुटको धन खोसिनेछ। जो तँसित लड्छ, त्‍योसित म लड्‍नेछु र तेरा छोरा-छोरीहरूको उद्धार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभु यो भन्‍नुहुन्‍छ: “हो, योद्धाहरूबाट कैदीहरू र निष्‍ठुरहरूबाट लूटको माल खोस्‍न सकिन्‍छ। तँसित झगड़ा गर्नेसँग म झगड़ा गर्नेछु, र तेरा छोराछोरीहरूलाई म बचाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेह यसो भन्‍नुहुन्छ: “हो, योद्धाहरूबाट कैदीहरू खोसिनेछन्, र लुटको माल निर्दयीहरूबाट फिर्ता लिइनेछ; तँसित झगडा गर्नेहरूसित म झगडा गर्नेछु; अनि तेरा बालबच्‍चाहरूलाई म बचाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु, भन्नुहुन्छ, “कैदीहरू भाग्नेछन्। टाढाका ती बलबान सिपाहीबाट कतिजनाले ती कैदीहरू लैजाने छन्। यो कसरी हुनेछ? तिम्रो युद्ध म लड्नेछु। म तिम्रो नानीहरूको रक्षा गर्नेछु।