Isaiah 49:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई सताउनेहरूलाई म आपसमा मारामार गराउनेछु, तँलाई सताउनेहरूले आफ्नै मासु खानेछन् र आफ्नै रगत पिएर मात्नेछन्। तब सबै मानिसहरूले म तँलाई बचाउने परमप्रभु हुँ भनी जान्नेछन्। तँलाई छुटकारा दिने इस्राएलका सामर्थी परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँलाई अत्याचार गर्नेहरूलाई म तिनीहरूको आफ्नै मासु खान लगाउनेछु। दाखमद्यले मातेझैँ तिनीहरू आफ्नै रगतले मात्नेछन्। तब सारा मानिस-जातिले यो कुरा थाहा पाउनेछन्, कि म, परमप्रभु तेरा उद्धारक, मोल तिरेर तँलाई छुटाउने याकूबको शक्तिशाली जन हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु; मद्यले मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्नेछन्। तब सबै मानव जातिले जान्नेछन्, कि म याहवेह नै तेरा उद्धारकर्ता तँलाई मोल तिरेर छुटाउने, याकोबको सर्वशक्तिमान् परमेश्वर हुँ।”
Nepali ERV (पवित्र बाइबल)
“ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउछन् तर म तिनीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु। तिनीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्। तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो। सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”