Isaiah 49:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शासकहरूको सेवक, जसलाई तुच्छ ठानेका छन् र जाति-जातिहरूले घृणा गरेका छन्, त्यसलाई इस्राएलका पवित्र परमेश्वर र उद्धारकर्ता यसो भन्नुहुन्छ, “राजाहरूले तँलाई देख्नेछन् र आदर दिनलाई खडा हुनेछन्। राजकुमारहरूले पनि तँलाई देख्नेछन् र निहुरिएर तँलाई आदर गर्नेछन् किनभने परमप्रभुले आफ्नो सेवकलाई चुन्नुभएको छ र इस्राएलका पवित्र परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शासकहरूका दास, जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे, त्यसलाई परमप्रभु, उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ: “राजाहरूले तँलाई देख्नेछन् र खड़ा हुनेछन्। राजकुमारहरूले देख्नेछन् र तेरो अघि घोप्टो पर्नेछन्। किनभने विश्वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे— उद्धारकर्ता र इस्राएलका पवित्र परमेश्वर— त्यो शासकहरूका सेवकलाई, याहवेह पवित्र परमेश्वर भन्नुहुन्छ: “राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्; अनि राजकुमारहरूले देख्नेछन् र तेरो अगि घोप्टो पर्नेछन्; किनभने विश्वासयोग्य याहवेह, इस्राएलका पवित्र परमेश्वरले तँलाई चुन्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, इस्राएलका परमपवित्र र इस्राएलका उद्धारक भन्नुहुन्छ, “मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ, तर मानिसहरूले उसलाई हेला गर्दछन्। तर, राजाहरूले उसलाई हेर्ने छन्, अनि उसलाई आदर गर्न उभिनेछन्। महान अगुवाहरूले उअघि शिर झुकाउनेछन्।” यो घटना हुने नै छ किनभने परमप्रभु, इस्राएलका परमपवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।