Isaiah 49:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “निगाहको समयमा म तँलाई जवाफ दिनेछु र उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु। देश पुनर्स्थापित गर्न र त्यसको उजाड पारेको पैतृक धन-सम्पत्ति फेरि अधिकारमा ल्याउन म तँलाई जोगाइराख्नेछु र तँद्वारा मानिसहरूसित एउटा करार बाँध्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिनमा तँलाई म सहायता दिनेछु। देश पुनर्स्थापित गर्न र त्यसको नष्ट भएका जायजातहरू फेरि अधिकारको निम्ति दिन म तँलाई जोगाइराख्छु र मानिसहरूका निम्ति तँलाई करार बनाउँछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिन म तँलाई सहायता गर्नेछु; म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु; मानिसहरूका निम्ति एउटा करार बनाउन, देशलाई पुनर्स्थापन गर्न, र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।