Isaiah 5:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका मूर्खताका कारणले तिमीहरू कैदी बनाई लगिनेछौ। तिम्रा अगुवाहरू खान नपाई मर्नेछन् र जनसाधारण तिर्खाले मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्, र तिनीहरूका उच्च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्यासले पीडित हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण समझशक्तिको अभावले गर्दा मेरा प्रजा देशबाट निकालिनेछन्; तिनीहरूका प्रतिष्ठित मानिसहरू भोकले मर्नेछन्; अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन अनि लगिनेछन् किन? किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्।