Isaiah 5:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मृत्‍यु-लोक तिनीहरूलाई खान ठूलो मुख गरी भोकले पर्खिरहेको छ। त्‍यसले यरूशलेमका घरानियाँहरू साथै जनसाधारणका होहल्‍ला गर्ने झुण्‍डलाई पनि निलिहाल्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण चिहानले आफ्‍नो भोक बढ़ाएको छ र आफ्‍नो मुख आँ गरी बाएको छ। तिनीहरूका भारदारहरू र भीड़हरू, तिनीहरूका झगड़िया र हल्‍ला गर्नेहरू त्‍यहीँ भित्र पर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण चिहानले आफ्नो मुख खोल्छ, र आफ्नो मुख ठूलो उघार्छ; त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह तिनीहरूका झगडालु र विलासीहरूसितै पस्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।