Isaiah 5:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू भन्दछौ, “परमप्रभुले चाँडो गरून् र उहाँले गर्छु भन्नुभएको काम छिट्टै गरिहालून् र हामी त्यो काम देख्न सकौं। इस्राएलका पवित्र परमेश्वरले आफ्नो इच्छा पूरा गरून् र उहाँको मनको इच्छा हामी हेरौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई जसले भन्छन्, “परमप्रभुले छिट्टै गरून्, उहाँले आफ्नो काम चाँड़ो गरून् र हामी हेरौं। त्यो नजिक आओस्, इस्राएलका परमपवित्रको योजना पूरा होस्, र हामी थाहा पाउन सकौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले यसो भन्छन्, “परमेश्वरले हतार गरून्; उहाँले आफ्नो काम चाँडो गरून्, ताकि हामीले त्यो देख्न सकौँ। इस्राएलका पवित्र परमेश्वरको योजना आओस्, त्यो नजिक आओस्, ताकि हामीले जान्न सकौँ।”
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले भन्दछन्, “हामी परमप्रभुलाई कामना गर्दछौ कि उहाँले चाहनु भएका कुराहरू चाँडै नै गरून्। तब हामी जान्नेछौ के घटना घट्छ। हामी कामना गर्छौ परमप्रभुको योजना चाँडै नै पुरा हुन्छ होला। तब मात्र हामी जान्दछौ उहाँको योजना के हो।”