Isaiah 5:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले बारी खन्‍यो र ढुङ्गा हटायो, उत्तम दाख त्‍यहाँ लायो, बारीको रेखदेख गर्नलाई एउटा मचान बनायो, दाख पेल्‍नलाई एउटा ढुङ्गामा खाल्‍टो खोप्‍यो। दाख पाक्‍ने समयलाई पर्ख्‍यो तर दाख अमिलो फलेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे। त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो; अनि त्यसमा अति उत्तम दाख रोप्नुभयो। उहाँले त्यसमा एउटा मचान बनाउनुभयो; अनि एउटा कोल पनि खोप्नुभयो। तब उहाँले असल दाखको आशा राख्नुभयो, तर त्यसले खराब फल फलायो।
Nepali ERV (पवित्र बाइबल)
मेरा मित्रले खेत खने अनि सफा पारे। उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे। उनले खेतको माझमा एउटा मचान अनि एउटा कोल निर्माण गरे। तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे। तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।