Isaiah 5:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त अब जसरी पराल र सुकेका पात चाउरिएर आगोमा डढिजाँदछन्, त्यसरी नै तिमीहरूका जरा सडेर जानेछन् र फूल सुकेर उडिजानेछन् किनभने तिमीहरूले सर्वशक्तिमान् परमप्रभु इस्राएलका पवित्र परमेश्वरले दिनुभएको शिक्षा अस्वीकार गरेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण जसरी आगोको ज्वालाले पराललाई भस्म गर्दछ, र सुकेको घाँस ज्वालामा भस्म हुन्छ, त्यसै गरी तिनीहरूका जरा सड़ेर जानेछन्, र तिनीहरूका फूल धूलो उड़ेझैँ उड़ेर जानेछन्। किनभने तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको व्यवस्थालाई इन्कार गरेका छन्, र इस्राएलका परमपवित्रको वचनलाई हेला गरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ र ज्वालामा सुक्खा घाँस खरानी भएझैँ तिनीहरूका जरा सडिजाने छन्, र तिनीहरूका फूलहरू धुलोझैँ उडिजानेछन्; किनकि तिनीहरूले सेनाहरूका याहवेहको व्यवस्थालाई इन्कार गरेका छन्; अनि इस्राएलका पवित्र परमेश्वरको वचनलाई लत्याएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ। ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे।