Isaiah 5:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफ्‍ना प्रजासित रिसाउनुभएको छ र तिनीहरूलाई सजायँ दिन उहाँले आफ्‍नो हात उठाउनुभएको छ। पर्वतहरू थरथरी काम्‍नेछन् र मर्नेहरूका लाश कसिङ्गरझैँ बाटामा फ्‍याँकिनेछन्। तर त्‍यति भएर पनि परमप्रभुको क्रोध मर्नेछैन र तिनीहरूलाई सजायँ दिन उहाँको हात उठाएकै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभुको रीस आफ्‍ना प्रजामाथि उठेको छ। उहाँले आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनुभएको छ, र तिनीहरूलाई हिर्काउनुहुन्‍छ। डाँड़ाहरू हल्‍लिन्‍छन्, र मानिसहरूका लाश सड़कमा कसिङ्गरझैँ छन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझैमाथि उठाइएकै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ; उहाँको हात उठेको छ र उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ। पर्वतहरू काँप्छन्, र मृतक शरीरहरू सडकतिर कसिङ्गरझैँ छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।
Nepali ERV (पवित्र बाइबल)
यसैले परमप्रभु आफ्ना मानिसहरूसित एकदमै क्रोधित हुनुभएको छ। अनि परमप्रभुले आफ्ना हातहरू उचाउल्नु हुनेछ, अनि तिनीहरूलाई दण्ड दिनु हुनेछ। उहाँ यति क्रोधित हुनु हुनेछ कि पर्वतहरू सम्म काम्नेछन्। मरेका लाशहरू गोरेटोहरूमा फोहोर मैलो जस्तै हुनेछन्। तब पनि परमेश्वर क्रोधित रहनुहुनेछ। उहाँका हातहरू अझै मानिसहरूलाई दण्ड दिन उचालिएकै हुनेछन्।