Isaiah 5:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्‍ये कोही पनि थाक्‍ने वा ठेस खानेछैनन्, कोही झुल्‍ने वा निदाउनेछैनन्। तिनीहरू कसैको कमरको पटुका खुकुलो हुनेछैन, जुत्ताको फित्ता चुँडिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्‍ये कोही थाक्‍ने कि ठक्‍कर खानेछैनन्, कोही झुल्‍ने वा निदाउनेछैनन्‌। तिनीहरूका कम्‍मरको पटुका खुकुलो हुनेछैन, तिनीहरूका जुत्ताको फित्ता चुँड़िनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्, कोही पनि झुल्दैनन्, न त निदाउँछन्। एउटै पेटी पनि खुकुलो हुँदैन, जुत्ताका एउटै फित्ता पनि चुँडिदैन।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू कहिल्यै थाक्दैनन् अनि ध्वंश हुँदैनन्। तिनीहरू न त मन्द हुनेछन न सुत्नेछन्। तिनीहरूको पटुका कहिल्यै खुकुलो हुनेछैन। तिनीहरूको जुत्ताको तुना कहिल्यै चुडिंदैन।