Isaiah 5:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका काँड तीखा र धनुवाण छोड्‍नलाई तयार हुनेछन्। तिनीहरूका घोडाका टाप दर्शन ढुङ्गाझैँ कडा हुनेछन् र रथहरूका पाङ्ग्राहरू आँधीका वेगझैँ चल्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका काँड़हरू तीखा-तीखा छन्, र धनुमा ताँदो चढ़ाएका हुनेछन्‌। तिनीहरूका घोड़ाका टाप चकमक ढुङ्गाजस्‍तै, र तिनीहरूका रथका चक्‍काहरू आँधीबेहरीजस्‍तै हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका काँडहरू तीखा छन्, सबै धनुहरूमा ताँदो चढाइएका छन्; तिनीहरूका घोडाका टाप बज्रझैँ छन्, तिनीहरूका रथका चक्‍काहरूको आवाज आँधीबेहरीझैँ छ।
Nepali ERV (पवित्र बाइबल)
शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरु हिर्काउनलाई तयार छन्। घोडाका खुट्टाहरू ढुङ्गाहरू जत्तिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबेरी जस्तै उडनेछन्।