Isaiah 5:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले खोस्न नसक्ने शिकार गरी लिएर हिँडेका सिंहहरूझैँ सिपाहीहरू गर्जनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको गर्जन सिंहको जस्तै छ, तिनीहरू जवान सिंहजस्तै गर्जन्छन्। तिनीहरूले शिकार समात्दा ङ्वारङ्वार गर्छन्। त्यसलाई तिनीहरूबाट छुटाउने कोही पनि हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका गर्जन सिंहको झैँ छ, तिनीहरू जवान सिंहझैँ गर्जन्छन्; आफ्नो शिकारलाई पक्रँदा तिनीहरू ङ्वार-ङ्वार गर्छन्; अनि त्यसलाई कसैले नछुटाउने गरी लैजान्छन्।
Nepali ERV (पवित्र बाइबल)
शत्रु चिच्याउँछन्, अनि तिनीहरूका चिच्याहट सिंहको गर्जन जस्तै हुनेछ। शत्रुहरू गर्जन्छन र तिनीहरूसित लाडने मानिसहरूलाई पक्रन्छन्। मानिसहरू तिनीहरूबाट बाँच्न संघर्ष गर्छन्। तर त्यहाँ तिनीहरूलाई बचाउँने कोही पनि हुँदैन्।