Isaiah 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्नो दाखबारीको निम्ति नगरेको के छ र? मैले त असल दाख पो फल्छ भन्ने आशा गरेको थिएँ, के कारणले त्यसले अमिलो फल मात्रै फलायो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाख मात्र फलायो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो दाखबारीका निम्ति मैले जति गरेँ, त्योभन्दा बढी के गरिनुपर्नेथियो र? मैले असल दाखको आशा गर्दा किन त्यसले खराब फल फलायो?
Nepali ERV (पवित्र बाइबल)
मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थें र? मैले सबै कुरा गरे। मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो किन त्यस्तो भयो?