Isaiah 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल सर्वशक्तिमान् परमप्रभुको दाखबारी हो। यहूदाका बासिन्‍दाहरू उहाँले रोप्‍नुभएको दाखका बोट हुन्। तिनीहरूले भलाइका काम गर्नेछन् भनी उहाँले आशा गर्नुभएको थियो। तर त्‍यसका सट्टामा तिनीहरूले हत्‍या गरे। तिनीहरूले न्‍याय गर्छन् भन्‍ने उहाँको आशा थियो तर तिनीहरूका अन्‍यायमा परेकाहरूले न्‍यायको निम्‍ति रोइ-कराइ गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्‍दको बगैँचा हो। उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेहको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँलाई मनपर्ने बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात देख्नुभयो; धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाइ पो सुन्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ-त्यो यहूदाको मानिस हो। परमप्रभुले न्यायको आशा गर्नुभयो, तर त्यहाँ हत्याहरू मात्र भए। परमप्रभुले धार्मिकताको आशा गर्नुभयो, तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।