Isaiah 50:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “के मानिसले आफ्नी स्वास्नीलाई छुटानाम गरेझैँ मैले तेरा प्रजालाई छोडेको हो भनी तिमीहरू ठान्छौ? त्यसो भए, छोड-पत्र कहाँ छ त? के मानिसले ऋण तिर्न आफ्ना छोरा-छोरीलाई कमारा बनाएर बेचेझैँ मैले तिमीहरूलाई कैदमा बेचेको हो भन्ठान्छौ? होइन, तिमीहरू आफ्ना पापले गर्दा कैदी बनेर जानुपरेको हो, आफ्ना अपराधले गर्दा लखेटिएका हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ, “मैले त्यसलाई त्यागेपछि दिएको तेरी आमाको त्यागपत्र कहाँ छ? अथवा मैले तिमीहरूलाई कुन साहूकारको हातमा बेचें? तिमीहरूकै पापहरूले गर्दा तिमीहरू बेचियौ, र तिमीहरूकै अपराधहरूको कारण तिमीहरूकी आमा त्यागिएकी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “मैले तेरी आमासितै पठाइदिएको त्यसको त्यागपत्र कहाँ छ? अथवा तँलाई मैले कुन ऋणदाताकहाँ बेचेँ? तेरा पापहरूको कारण तँ बेचिएको थिइस्; तेरा अर्धमहरूको कारण तेरी आमा पठाइएकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि मैले तिमीहरूकी आमा यरूशलेमलाई त्यागिदिए। तर कानून र त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ? मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएँ? के ऋण चुकाउनलाई मैले तिमीलाई बेचें? अहँ! तिमीहरू बेचियौ किनभने तिमीहरूले पापपूर्ण कामहरू गर्यौ। तिम्रो आमालाई टाढा पठाइयौ किनभने तिमीहरूले नराम्रा कामहरू गर्यौ।