Isaiah 50:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गरेका बेइज्जतीले मेरो केही नोक्सान गर्दैन किनभने सार्वभौम परमप्रभुले मलाई सहायता दिनुहुन्छ। ती सहन मैले आफैंलाई स्थिर पारेको छु। म जान्दछु कि मेरो बदनाम हुनेछैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्तै स्थिर पारेको छु, र म जान्दछु, कि म लाजमा पर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले म अपमानित हुनेछैनँ। यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु, र म शर्ममा पर्नेछैनँ भनी जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले म प्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु। म जान्दछु कि म निराश हुने छैन।