Isaiah 50:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले आफैं मेरो पक्षमा बोल्नुहुनेछ: त्यसो भए कसले मलाई दोषी ठहराउन सक्छ? मलाई दोष लाउनेहरू सबै जना देखापर्नेछैनन्। किराले खाएका लुगाझैँ तिनीहरू लोप हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। त्यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्। कीराले तिनीहरूलाई खाइहाल्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ। कसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्; तिनीहरूलाई किराहरूले खाइदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मदले तिनीहरूलाई खानेछ।