Isaiah 51:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूले, मेरा कुरा सुन, जसले उद्धार पाउन चाहन्‍छौ र सहायताको निम्‍ति मकहाँ आउँदछौ। जुन चट्टानबाट तिमीहरू कुँदिएका थियौ, जुन ढुङ्गा-खानीबाट तिमीहरू निकालिएका थियौ, तीबारे याद गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे धार्मिकताको पछि लाग्‍ने र परमप्रभुलाई खोज्‍ने हो, मेरो कुरा सुन। जुन चट्टानबाट तिमीहरू कुँदियौ, र जुन खानीबाट तिमीहरू निकालियौ, त्‍यसलाई हेर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे धार्मिकताको पछि लाग्नेहरू र याहवेहलाई खोज्नेहरू हो, मेरो कुरा सुन: तिमीहरू जुन चट्टानबाट निकालिएका र जुन खानिबाट कुँदिएका थियौ, त्यसलाई हेर।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।