Isaiah 51:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्र सुकाउने र आफूले बचाउन लागेका मानिसहरू पार गर्न सकून् भनेर पानीका बीचबाट बाटो बनाउनुहुने पनि तपाईं नै हुनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईं त्यही हुनुहुन्न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईं त्यही हुनुहुन्न? जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो; अनि आफूले उद्धार गर्नुभएकाहरूलाई पार गर्नका निम्ति समुद्रको गहिराइमा मार्ग बनाइदिनुभयो?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ। तिमीहरूले अति गहिरोबाट पानी सुकायौ। तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ। तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ।