Isaiah 51:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसलाई तपाईंले बचाउनुभएको छ, तिनीहरू आनन्‍दसाथ गाउँदै, रमाउँदै यरूशलेममा पुग्‍नेछन्। सदाको लागि तिनीहरू आनन्‍दित हुनेछन्, हर्ष र खुसीले तिनीहरू भरिनेछन् र मानिसहरूका शोक र सुस्‍केरा मेटिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गीत गाउँदै पस्‍नेछन्, र तिनीहरूका शिरको मुकुट सदासर्वदाको आनन्‍द हुनेछ। तिनीहरूले आनन्‍द र हर्ष प्राप्‍त गर्नेछन्‌। अनि शोक र सुस्‍केरा दूर हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्; तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; अनि दुःख र सुस्केरा हराएर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ। तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्। तिनीहरू अत्यन्त खुशी हुनेछन्। तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ। तिनीहरूले खुशीसँग गाउनेछन् सबै दुखद अवस्थाहरू टाढा हटेर जानेछ।