Isaiah 51:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ, तिमीहरू किन मरणशील मानिससित डराउँछौ? तिनीहरू घाँसझैँ ओइलिजानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूलाई सान्त्वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तँ को होस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु। मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”