Isaiah 51:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई सृष्‍टि गर्ने, आकाश फैलाउने र पृथ्‍वीको जग बसाल्‍ने, परमप्रभुलाई के तिमीहरूले बिर्स्‍यौ? तिमीहरूलाई नाश गर्न तयार हुनेहरूका र तिमीहरूमाथि अत्‍याचार गर्नेहरूका रिसको निरन्‍तर डर मानेर किन तिमीहरू जिउँदछौ? तिनीहरूका रिसले तिमीहरूलाई छुन सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशलाई फैलाउनुहुने र पृथ्‍वीको जग बसाल्‍नुहुने आफ्‍ना सृष्‍टिकर्तालाई भुलेर अत्‍याचारीका क्रोधको कारण, जसले तँलाई नाश गर्न खोज्‍छ, तँ किन दिनदिनै त्रासमा जीवन बिताउँछस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू आफ्नो सृष्‍टिकर्ता याहवेहलाई भुल्छौ, जसले आकाश फिँजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो; तिमीहरूलाई नाश गर्न इच्छुक रहने अत्याचारीहरूका क्रोधसित तिमीहरू दिनहुँ डराएर बस्छौ? ती अत्याचारीहरूका क्रोध कहाँ छ?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो। उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो। अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो। तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ। यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ जसले तिमीहरूलाई चोट पुर्याउँछ। ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्।