Isaiah 51:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्म दिने सारालाई याद गर। जब मैले अब्राहामलाई बोलाएँ, त्यस बेला त्यो नि:सन्तान थियो। तर मैले त्यसलाई आशिष् दिएँ र त्यसका सन्तानको सङ्ख्या गन्न नसकिने बनाइदिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहाम एक मात्र थियो, र मैले त्यसलाई आशिष् दिएँ र त्यसलाई धेरै बनाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पुर्खा अब्राहाम, र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले उसलाई बोलाउँदा ऊ एकलै थियो; अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ।
Nepali ERV (पवित्र बाइबल)
अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”