Isaiah 51:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो कचौरा म तिमीहरूमाथि अत्याचार गर्नेहरूलाई दिनेछु, जसले तिमीहरूलाई यसो भनेका थिए, “लमतन्न होओ र हामी तिमीहरूमाथि हिँड्नेछौं र तिमीहरूले आफ्नो पिठ्युँचाहिँ भूइँ र हिँड्ने बाटोजस्तै बनाइदियौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यो तँलाई सताउनेहरूका हातमा दिनेछु, जसले तँलाई भने, ‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँड़ौं’। अनि तैंले चाहिँ आफ्नो पीठ भूइँ र हिँड्ने सड़कजस्तै तुल्याइदिइस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई सताउनेहरूको हातमा म क्रोधको कचौरा राखिदिनेछु, जसले तँलाई भने, ‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँडौँ।’ अनि तैँले आफ्नो पिठिउँलाई जमिनझैँ, हिँड्नलाई सडकझैँ बनाइस्।”
Nepali ERV (पवित्र बाइबल)
म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंडनेछन्। तिमीहरू तिनीहरू हिंडने एक बाटो जस्तो हुनेछौ।”