Isaiah 51:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म यरूशलेमलाई करुणा देखाउनेछु, त्‍यसका विनाश भएका भूमिमा बास गर्नेहरूलाई दया गर्नेछु। त्‍यसको देश मरुभूमि भएको भए पनि म त्‍यसलाई अदनको बगैँचाझैँ बनाउनेछु। त्‍यहाँ आनन्‍द र रमाहट, मेरा प्रशंसा र धन्‍यवादका गुण-गान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले निश्‍चय नै सियोनलाई सान्‍त्‍वना दिनुहुनेछ, र उहाँले त्‍यसका सब भग्‍नावशेषहरूलाई दयाको दृष्‍टिले हेर्नुहुनेछ। अनि त्‍यसको मरुभूमिलाई अदनझैँ, र त्‍यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ। हर्ष र आनन्‍द, धन्‍यवाद र गीतको सोर त्‍यसमा पाइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्‍चय नै याहवेहले सियोनलाई सान्त्वना दिनुहुनेछ, र त्यसका सबै भग्नावशेषहरूलाई दयाको नजरले हेर्नुहुनेछ; उहाँले त्यसका मरुभूमिहरूलाई अदनझैँ र त्यसका बाँझो जमिनहरूलाई याहवेहको बगैँचाजस्तै बनाउनुहुनेछ। अनि त्यसमा आनन्द, खुशीयाली, धन्यवाद र गीतको ध्वनि पाइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दुख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरूभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरूभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।