Isaiah 51:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उँभो आकाशतिर हेर, पृथ्वीलाई हेर! आकाश धुवाँझैँ हराउनेछ, पृथ्वी पुरानो कपडाझैँ फाटिजानेछ र पृथ्वीका मानिसहरू झिँगाझैँ मरिजानेछन्, तर मैले दिने मुक्ति सदासर्वदाको निम्ति हुनेछ, मेरो विजय नै अन्तिम विजय हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आफ्ना आँखा माथि आकाशतिर उठाओ, र तल पृथ्वीलाई हेर। आकाश धूवाँझैँ लोप हुनेछ, र पृथ्वी लुगाझैँ झुत्रो हुनेछ, र त्यसमा बस्नेहरू झीँगाजस्तै मर्नेछन्। तर मेरो उद्धार सदासर्वदै रहनेछ, र मेरो धार्मिकता कहिल्यै खतम हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका आँखा आकाशतिर उठाओ, तल पृथ्वीमा हेर; आकाश धुवाँझैँ लोप भइजानेछ; पृथ्वी लुगाझैँ मक्किएर जानेछ, र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्। तर मेरो उद्धार सदासर्वदा रहनेछ; मेरो धार्मिकता कहिल्यै चुक्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
माथि आकाशमा हेर! तल पृथ्वी वरिपरि हेर! आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ। पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ। पृथ्वीमा भएका मानिसहरू मर्नेछन् तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ। मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।